2 years ago
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि सोझो सेटमा जित निकाल्दै उपाधिको बलियो दावेदार किर्गिस्तान बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा किर्गिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेट किर्गिस्तानले २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२१ को सहज जित निकालेको किर्गिस्तानले तेस्रो सेटमा २५–२० काे सहज जित निकाल्न सफल भयो ।
यस सँगै किर्गिस्तानले श्रीलंकालाई दोस्रो पटक पराजित गर्न सफल भएको छ । यसअघि राउन्ड रोविन लिगमा किर्गिस्तानले ३–१ को सेटमा जित निकालेको थियो ।
अब किर्गिस्तानको उपाधिको लागि सोमबार बंगलादेश र नेपाल बीचको विजेतासँग खेल्नेछ । श्रीलंकाले तेस्रो स्थानको लागि बंगलादेश र नेपालबीच पराजित हुने टोलीसँग खेल्नेछ ।
आज नै च्याम्पियनसिपमा अपराजित रहेको घरेलु टोली बंगलादेश र नेपालबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ । यस खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि किर्गिस्तानसँग तथा पराजित हुनेले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]