default_image

2 years ago

December 25, 2022

नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अपराजित रहेको घरेलु बंगलादेशसँग खेल्दैछ ।

यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार साँझ ५: १५ बजेपछि हुनेछ ।

नेपाल अपराजित रहेको बंगलादेशलाई स्तब्ध पार्दै फाइनलमा पुग्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर, यसका लागि नेपालले सानदार प्रदर्शन गर्नुपर्नेछ । नेपाल समूह चरणमा ३–० को सोझो सेटमा पराजित भएको थियो । बंगलादेश जारी च्याम्पियनसिपमा अपराजित रहने एक्लो टोली हो ।

यता, बंगलादेश पनि अपराजित रहँदै फाइनल पुग्ने दाउँमा हुनेछ । राउन्ड रोविनमा बंगलादेशले पहिलो खेलमा नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दा किर्गिस्तानलाई ३–१ को सेटमा तथा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । आज नै पहिलाे सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच दिउँसो २:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

बंगलादेशले ३ खेलबाट ७ अंक जोड्यो । किर्गिस्तानले ३ खेलबाट ५ अंक जोड्दा श्रीलंकाले ३ खेलबाटै ४ अंक जोडेर राउन्ड रोविन लिगमा तेस्रो भयो । नेपालले ३ खेलबाट १ अंक जोडेर पुछारमा रह्यो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । फाइनल तथा तेस्रो स्थानको खेल सोमबार हुनेछ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.