2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शनिबार दशरथ रंगशालामा १०औं किन्डर ओलम्पिक २०७९ आयोजना गरिएको छ ।
दुई चरणमा किन्डर ओलम्पिक गरिएको थियो । पहिलो चरण पुसको पहिलो शनिबार (पुस २) आयोजना भएको थियो । त्यसमा १५ किन्डर गार्डेन स्कुलका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
आयोजक अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) ले आयोजना गरेको किन्डर ओलम्पिकको दोस्रो चरणमा १७ स्कुलका विद्यार्थी प्रतिस्पर्धी थिए ।
काठमाडौं, ललितपुर र भक्तपुरका विद्यालयका विद्यार्थीले उसु, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, रनिङसहित विभिन्न विधा प्रतिस्पर्धा गरेको संयोजक केदारमान स्थापितले जानकारी गराए । त्यसमा नर्सरी, यूकेजी एलकेजीका साढे २ देखि ५ वर्षसम्म साना खेलाडीले खेलकुदसँगै अन्य प्रतिभा प्रस्फुष्टन कार्यक्रममा सहभागिता जनाएको आयोजक एकताकी सदस्य लिना श्रेष्ठले बताइन् ।
उनले खेलकुदप्रति सानैदेखि रुचि बढाउने, बच्चाको शारीरिक र मानसिक विकासका साथै सहभागिता नै ठूलो हो भन्ने सन्देश दिन सफल भएको बताइन् । सहभागी सबै बालबालिकालाई स्वर्ण पदक र सहभागी स्कुललाई ट्रफी प्रदान गरिएको थियो ।
उनीहरूले दशरथ रंगशालाको ट्र्याकमा पदकसहित आ–आफ्ना अभिभावकसँग खुसी साटेका थिए । सन् २०१२ देखि आयोजना हुँदै प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ ।
नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सहभागीलाई पुरस्कृत गर्दै देशकै ठूलो रंगशालामा कार्यक्रम गरेर सानैदेखि बालबालिकालाई खेलकुदतर्फ आकर्षित गराएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले तल्लो तहदेखि बालबालिकालाई खेलकुदमा गर्न सकिए मात्र भविष्यमा राम्रो नतिजा पाउन सकिने बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]