2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे । पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर परीक्षा कारण सहभागी थिएनन् ।
सर्किट– १ मा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई हराउदै पहिलो भएका थिए । नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्सको फाइनलमा भारतकी तनिशा भत्नागरले भारतकै सराह चौधरीलाई सीधा सेटमा ६–३ र ६–४ ले पाखा लगाउदै पहिलो भइन् ।
सर्किट– १ मा भने नेपाली खेलाडीको वर्चस्व थियो । नेपालका शिभाली गुरुङ पहिलो, आद्या पौड्याल दोश्रो तथा प्रशंसा मोक्तान र स्वस्तिका विष्ट तेश्रो भएका थिए । सर्किट– १ कै डबल्समा पनि शिभालीले स्वर्ण हात पारेकी थिइन् ।
शुक्रबार सम्पन्न सर्किट– २ को ब्वाइज डबल्समा हङकङका ताङ र वान हिम दोनोभन यिमको जोडी पहिलो भएका थियो । गल्र्समा नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडीले शीर्ष स्थान हात पारेको थियो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एसियाली टेनिस महासंघको स्वीकृतिमा भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा १७ तथा गल्र्समा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालसहित १४ राष्ट्रका खेलाडीले सिंगल्स र डबल्स खेलेका थिए । मन जकयर टेनिस एकेडेमीले पहिलो पटक जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]