2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा अपराजित रहेको घरेलु टाेली बंगलादेशसँग खेल्नुपर्ने भएको छ ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै बंगलादेश अपराजित रहँदै शीर्षस्थानमा रह्यो । राउन्ड रोविन लिगमा घरेलु टाेली बंगलादेश अपराजित रहने एक्लाे टाेली हाे । बंगलादेशले तीनै खेलमा जित निकाल्दा श्रीलंका र किर्गिस्तानले दुई खेलमा तथा नेपालले तीनै खेलमा हार बेहाेर्याे ।
खेल तालिका अनुसार राउन्ड रोविन लिगको शीर्षस्थान र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल हुने तालिका छ । बंगलादेशले ३ खेलबाट ८ अंक जोड्यो । जितविहीन नेपालले ३ खेलबाट १ अंक जोड्यो । किर्गिस्तानले ३ खेलबाट ५ अंक जोड्दा श्रीलंकाले ३ खेलबाटै ४ अंक जोडेर राउन्ड रोविन लिगमा तेस्रो भयो ।
अब सेमिफाइनल बंगलादेश र नेपाल तथा किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल आइतबार तथा फाइनल र तेस्रो स्थानको खेल सोमबार हनेछ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शनिबार भएको खेलको पहिलो सेट बंगलादेशले २५–१६ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट २२–२५ र २३–२५ ले गुमाएको बंगलादेशले चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो ।
पाँचौ तथा निर्णायक सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । बंगलादेश ८–९ ले पछि रहँदा श्रीलंकाको रोटेसन बिग्रिएको भन्दै खेल झन्डै २४ मिनेट रोकिएको थियो ।
त्यसपछि ८–९ कै स्थितिबाट खेल शुरु हुँदा बंगलादेशले ११–११ को बराबरीबाट लगातार ३ अंक जोड्दै जिततर्फ अग्रसर बनेपनि श्रीलंकाले लगातार २ अंक जोड्दै खेलमा फर्कने संकेत दिएपनि बंगलादेशले १ अंक जोड्दै १५–१३ ले सेट आफ्ना् पक्षमा पार्दै राउन्ड रोविन लिगमा अपराजित रहन सफल भयो ।
शनिबारै नेपालले किर्गिस्तानविरुद्धको खेल ३–२ को सेटमा गुमाउँदै लगातार तेस्रो हारको नतिजा निकाल्यो । बंगलादेश र श्रीलंकासँग सोझो सेटमा पराजित भएको नेपालले किर्गिस्तानलाई कडा चुनौती दिदै २ सेट जितेर च्याम्पियनसिपमा पहिलो अंक बटुल्न सफल भयो । नेपालले किर्गिस्तानसँग १६–२५, २५–२३, १७–२५, २५–१९ र ६–१५ ले गुमायो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]