2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग हार बेहोरेको छ ।
नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो । बंगलादेश र श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको नेपालले किर्गिस्तानविरुद्ध सानदार प्रदर्शन गर्दै दुई सेट लिदै अंक बटुल्न सफल भएको हो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शनिबार भएको अेलको पहिलो सेट नेपालले १६–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२३ को सेटमा जित निकाल्दै नेपालले खेलमा पूनरागमन ग¥यो ।
तेस्रो सेट १७–२५ ले गुमाएको नेपालले चौथो सेट २५–१९ ले जित्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । पाँचौ तथा निर्णायक सेटमा नेपाल निरिह बन्दा सेट ६–१५ ले किर्गिस्तानलाई सुम्पियो ।
किर्गिस्तानसँग दुई सेट लिन सफल भएपछि नेपालले च्याम्पियनसिपमा ३ खेलबाट १ अंक जोडेको छ । नेपालले ३ खेलबाट १ अंक जोड्यो । किर्गिस्तानले समान ३ खेलबार्ट ५ अंक जोड्यो । यस नतिजासँगै नेपाल राउन्ड रोविन लिगमा चौथो भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि राउन्ड रोविन लिगको पहिलो हुने टोलीसाग खेल्नेछ । दोस्रो र तेस्रो हुनेने दोस्रो सेमिफाइनल खेल्ने छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]