2 years ago
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुदको दोश्रो संस्करणमा ४ नयाँ खेल र टिम थपिने भएको छ ।
परिषद्का अध्यक्ष बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
थपिने ४ खेलमा पौडी (खुला), जुडो, उसु र आईटीएफ तेक्वान्दो रहेका छन् । योसंगै बृहत खेलकुदमा १२ खेलमा प्रतिस्पर्धा हुने भएको छ । पहिलो संस्करणमा ८ खेलमा प्रतिस्पर्धा भएको थियो । एथलेटिक्स, भलिबल, क्रिकेट, कराते, तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन र फुटबलको प्रतियोगिता भएको थियो ।
त्यस्तै पहिलो संस्करणमा १३ जिल्लाका टिमले प्रतिस्पर्धा गरेकोमा ४ नयाँ टिम थप्दै टिम संख्यालाई १७ पु¥याउने निर्णय भएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी गराए । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिका थपिने भएको छ ।
बैठकले गण्डकी प्रदेशमा भएको नवौ राष्ट्रिय खेलकुदमा बागमतीका पदक विजेता खेलाडी र प्रशिक्षकलाई उपलब्ध गराउने पुरस्कार राशीको पनि टुंगो लगाएको छ । व्यक्तिगत र टिम स्पर्धाका पदक विजेताले जनही समान नगद पुरस्कार पाउने भएका छन् ।
स्वर्णलाई १ लाख, रजतलाई ७५ हजार र कांस्यलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । प्रशिक्षकतर्फ स्वर्णलाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई १० हजार नगद पुरस्कार दिइने छ ।
बैठकले प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । ‘बैठकले निर्णय गरिसकेको छ । अब स्वीकृतिका लागि विभागीय मन्त्रालय मार्फत मन्त्री परिषद्मा पठाइने छ । मन्त्री परिषद्बाट स्वीकृत भएपछि तीव्र गतिमा तयारी अगाडि बढाउछौं ।’
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]