2 years ago
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य–सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाई दिएका हुन् । डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउदै कांस्य जितेका थिए ।
उनले कम्बोडिया र चाइनिज ताइपेइका खेलाडीलाई पराजित गरे । त्यसपछि दिवान्स इरानका खेलाडीसंग चुकेका थिए । नेपालबाट पुरुष ८० केजीमा प्रतिस्पर्धा गरेका सन्जित शाही भने पहिलो चरणमै काजकिस्तानका खेलाडीसंग पराजित भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]