2 years ago
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार पहिलो भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका कि छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गरे । उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७–५ र ६–३ को सोझो सेटमा हराए ।
प्रतियोगिताको अन्तिम दिन शनिबार ब्वाइज- गल्स सिंगल्सको फाइनल हुनेछ । ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्ने छन् । गल्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भत्नागरसंग प्रतिस्पर्धा गर्ने छिन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]