default_image

2 years ago

December 23, 2022

प्रो लाइसेन्स प्राप्त प्रशिक्षकद्वारा युथ फुटबल क्याम्प हुने

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको समन्वयमा आगमी जनवरीको दोस्रो सातादेखि युथ फुटबल क्याम्प हुने भएको छ ।

पेरिविंकलले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यू१६ उमेर समूहसम्मको लागि दुई साता युथ फुटबल क्याम्प जानकारी गराएको छ । युथ फुटबल क्याम्प जनवरी ९ देखि २२ जनवरीसम्म जावलाखेलस्थित सेन्ट जेभियर स्कुलमा हुनेछ ।

प्रशिक्षण क्याम्पलाई पोर्चुगलका युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक फावियो फ्लोराले प्रशिक्षण दिनेछन् । खेलकुद विज्ञानमा स्नातकोत्तर र शारीरिक शिक्षा र खेलकुदमा डिग्री गरेका उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन, इटालियन क्लब युभेन्ट्स र लाजियोको युथ टोलीमा काम गरिसकेका छन् ।

यस्तै उनले साउदी अरेबिया, लात्भिया, इस्ट टिमोर र म्यानमारका विभिन्न क्लबमा पनि काम गरिसकेका छन् । उनलाई नेपालका प्रवेश कटवालसहित ७ जना प्रशिक्षकले साथ दिनेछन् ।

युथ फुटबल क्याम्प आयोजना गर्नुको मुख्य उद्देश्य जुनियर खेलाडीहरुलाई खेलकुदका आधारभुत प्रविधिहरु सिक्न, क्षमता बिकाससँगै फुटबलका सम्भावित युवा खेलाडी उत्पादन गर्न रहेको पेरिविंकल सर्भिसका सिइओ दिपेश घलेले जानकारी गराए ।
युथ फुटबल क्याम्पमा कम्तीमा पनि ११ देखि १६ वर्षमुनिका १ सय जनाको सहभागिताको अपेक्षा गरिएको छ ।

११ देखि १२, १३ देखि १४ र १५ देखि १६ वर्षसम्म गरी तीन समूहमा प्रशिक्षण क्याम्प हुनेछ । क्याम्पमा सहभागिताको लागि जनहस् ३५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

२०१३ मा स्थापित पेरिविंकल सर्भिस मार्केटिङ, ब्रान्डिङ र व्यवस्थापन कम्पनी हो । यो कम्पनीले फुटबल, फुटसल, बास्केटबल र क्रिकेटमा पनि काम गरिसकेको छ ।

यस युथ फुटबल क्याम्पलाई बि एन्ड बि अस्पताल प्यारामेडिक्स पार्टनरको रुपमा रहेको छ । बि एन्ड बि अस्पतालले युथ फुटबल क्याम्प अवधिभर एम्बुलेन्स र प्यारामेडिक्स टोली उपलब्ध गराउनेछ । बि एन्ड बि अस्पतालका निर्देशक अनिल बास्कोटाले बि एन्ड बिले यसअघि पनि खेलकुदमा साझेदार गर्दै आइरहेको बताए ।

उनले खेलकुद र चोट पर्याय रहेको बताउँदै बि एन्ड बि अर्थाेमा राम्रो र रहेको र यसअघि फुटबल र क्रिकेटका खेलाडीको उपचारमा सहयोग गरिएको बताए । यसअघि नेपालमा एसी मिलान र रियल म्याड्रिड जुनियर क्याम्प भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.