2 years ago
December 23, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
नेपाल श्रीलंकासँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोर्न पुगेको हो । यसअघि नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग ३–० कै सोझो सेटमा हार बेहोरेको थियो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेट नेपालले २४–२६ ले गुमाउन पुगेको थियो ।
एक समय ४–१० ले पछि रहेको नेपालले त्यसपछि पुनरागमन गर्दै १७–१७ को बराबरीबाट अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । २४–२४ को बराबरीको अवस्थामा रहँदा कप्तान धिरोज कुमार बस्नेत र हेमन्त मल्लले गल्ती गर्न पुग्दा नेपालले सेट गुमाउन पुग्यो ।
दोस्रो सेटमा भने नेपालले श्रीलंकालाई बलियो चुनौती पेश गर्न नसक्दा सेट १८–२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा सुरुवातदेखि नै पछि परेको नेपालले श्रीलंकालाई पछ्याएपनि १7–२५ ले गुमाउन पुग्यो ।
पहिलो जितसँर्ग श्रीलंकाले दुई खेलबाट ३ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको नेपालले अंकको खाता खेल्न सकेको छैन ।
आज नै बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ । बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा तथा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो ।
अब नेपालले शनिबार किर्गिस्तानसँग राउन्ड राेविन लिगकाे अन्तिम खेल खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ ।
राउन्ड रोविन लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]