2 years ago
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आज (शुक्रबार) नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।
नेपाल र श्रीलंकाबीचको खेलमा बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि शुरु हुनेछ ।
दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित हुँदा श्रीलंका किर्गिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो ।
उमेर समूहमा बलियो मानिएको बंगलादेशविरुद्ध उच्च प्रदर्शन गरेपनि नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन । कप्तान तथा ओपन स्पाइकर धिरोज कुमार बस्नेत, अर्का ओपरन रवि केसी, मिडल ब्लकर सफल विक र सेटर सम्राट बस्नेतले बंगलादेशविरुद्ध सानदार प्रदर्शन गरेका थिए ।
उनीहरु नै टोलीको प्रमुख हतियार हुनेछ । बंगलादेशसँगकाे गल्तीलाई सुधार्दै नेपाल श्रीलंकालाई हराएर पहिलाे जितकाे खाेजीमा काेर्टमा उत्रनेछ ।
यता, उपाधिको बलियो दावेदार मानिएको किर्गिस्तानसँग एक सेट खोस्न सफल भएको श्रीलंका पनि नेपाललाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ ।
आज नै घरेलु टोली बंगलादेश र किर्गिस्तानबीचको खेल अपरान्ह ५ः१५ बजेपछि हुनेछ । दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
पहिलो राउन्डको खेल सकिदा बंगलादेश र किर्गिस्तानले समान ३ अंक जोडेको छ । नेपाल र श्रीलंका अंकविहीन छ । त्यसपछि ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ ।
सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]