2 years ago
December 22, 2022
एजेन्सी – उपाधिको बलियो दावेदार किर्गिस्तानले बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
किर्गिस्तानले श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा बिहीबार भएको खेलको पहिलो सेट किर्गिस्तानले २५–२१ ले जितेको थियो ।
दोस्रो सेटमा २५–२२ को जित निकालेको किर्गिस्तानले तेस्रो सेट भने २२–२५ ले गुमाउन पुगेको थियो । सुरुवाती तीन सेटमै किर्गिस्तानलाई बलियो चुनौती दिएको श्रीलंका चौथो सेटमा भने निरिह बन्न पुग्यो ।
९–९ को बराबरीको स्थितिबाट पछि परेको श्रीलंकाले त्यसपछि लगातार ६ अंक गुमाउँदा ९–१५ ले पछि पर्यो । त्यसपछि श्रीलंकाले थप ९ अंक जोड्दा किर्गिस्तानलाई १८–२५ ले नतिजा सुम्पियो । यस जितसँगै राउन्ड रोविन लिगमा किर्गिस्तानले ३ अंक जोडेको छ । श्रीलंका अंकविहीन छ ।
बिहीबार नै भएको राउन्ड रोविन लिगको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग नेपालले ३–० को सोझो सेटमा हार बेहोरेको छ । तीनै सेटमा बलियो चुनौती पेश गरेको नेपालले बंगलादेशसँग २४–२६, २२–२५ र २१–२५ को सेटमा हार बेहोर्न पुग्यो । पहिलो राउन्डको खेल सकिदा बंगलादेशले पनि ३ अंक जोडेको छ । नेपाल अंकविहीन छ ।
राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले अब ८ पुसमा श्रीलंकासँग खेल्नेछ । त्यसपछि ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ ।
सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]