default_image

2 years ago

December 22, 2022

आयोजक सेन्ट जेभियर र माया युनिभर्स सेमिफाइनलमा

214 views

0 Bookmark

काठमाडौं (हाम्राे खेलकुद) – आयोजक सेन्ट जेभियर र माया युनिभर्स तनहुँ ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा माया युनिभर्स एकेडेमी तनहुँले भक्तपुर निस्टमाथि ६–१ को फराकिलो सजत हात पार्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

माया युनिभर्सको फराकिलो जितमा इबस बिकले ह्याट्रिकसहित ४ गोल गरे । स्यारोन कटुवाल र अमिर दुराले समान एक गोल गरे । भक्तपुर निस्टले सुप्रिम मगरबाट आत्मघाती गोल उपहार पाए । इबस नै प्लेयर अफ दि म्याच चुनिए ।

बिहीबारको दोस्रो सेमिफाइनलमा आयोजक सेन्ट जेभियर्स गोदावारीले लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुरलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

निर्धारित समयमा २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । सेन्ट जेभियरका सन्देश टुडुले दुवै गोल गर्दा लिटिल एन्जल्सका स्मित रावतले दुवै गोल फर्काए । सेन्ट जेभियरका थाङसाङ सावा प्लेयर अफ दि म्याच चुनिए ।

यससँगै २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

अब शनिबार हुने सेमिफाइनलमा मोर्डन इन्डियन स्कुल र आयोजक सेन्ट जेभियर तथा अर्काे सेमिफाइनलमा नेपाल डन बस्को र माया युनिभर्सबीच प्रतिस्पर्धा हुनेछ ।

सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा मंसिर २६ गते सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.