2 years ago
December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्स सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् ।
उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६–४ र ६–२ तथा भारतकी तनिशा भत्नागरले नेपालकी जेनी खड्कालाई ६–१ र ६–२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४–६, ६–१ र ६–२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६–० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६–२ र ६–१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६–१ र ६–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइज डबल्समा भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शास्वत वज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६–४ र ६–१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६–० र ६–० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]