default_image

2 years ago

December 21, 2022

मोर्डन इन्डियन र नेपाल डन बस्को सेमिफाइनलमा

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोर्डन इन्डियन स्कुल चोभार काठमाडौं र नेपाल डन बस्को स्कुल लुभु ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बुधबार भएको क्वाटरफाइनलमा सफलता हात पार्दै मोर्डन र डन बस्कोले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पहिलो क्वाटरफाइनलमा मोर्डन इन्डियनले सेन्ट जेभियर स्कुल जावलाखेललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भए । निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा लिइदा मोर्डनले बाजी मार्यो । मोर्डनका मिङ्मा पाख्रिन प्लेयर अफ दि म्याच घोषित भए ।

बुधबारै भएको अर्काे क्वाटरफाइनलमा नेपाल डन बस्कोले सेन्ट जेभियर डिओनिया झापालाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल डन बस्कोको जितमा रुप्सन नेपालले दुई तथा सुरेश तामाङले एक गोल गरे । रुप्सन प्लेयर अफ दि म्याच घोषित भए ।

बिहीबार माया युनिभर्स र भक्तपुर निस्ट तथा लिटिल एन्जल्स र आयोजक सेन्ट जेभियर गोदावारीबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ । सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.