default_image

2 years ago

December 20, 2022

प्रशंसा, आद्या र स्वस्तिका क्वाटरफाइनलमा

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले माल्दिभ्सकी नबा निशानलाई ७–५ र ७–५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६–३ र ६–३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका राजवीर प्रधानले हङकङका यु हिन वोङलाई सीधा सेटमा ६–० र ६–२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु, हङकङका छियोन हेइ करिसन फुङ, भारतका इशान बदाकी, भारतका भिभान मिर्धा, हङकङका वान हिम दोनोभान यिम र कि छियोन मोरिस ताङ तथा पाकिस्तानका जोहेब अफ्जल मलिक पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।

ब्वाइज डबल्समा भारतका इशान र सञ्जय गिरिस कुमार, पाकिस्तानका जोहेब र यमनका हमुद इयाद, बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्के तथा भारतका सिद्धार्थ र भिभानको जोडीले क्वाटरफाइनलमा स्थान बनाए ।

गल्स डबल्समा नेपालकी प्रशंसा र भारतकी तनिशा भत्नागर, भारतकी हनी र नेपालकी प्राज्ना मानन्धर, नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुन्द्याला तथा नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.