2 years ago
December 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ६ खेलाडीले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को पहिलो दिन सोमबार विजयी सुरुआत गरेका छन् ।
सिंगल्सको ब्वाइजमा ४ तथा गल्समा २ खेलाडीले जित निकालेका हुन् । पहिलो दिन ब्वाइजमा ८ र गल्समा ६ खेलाडीले नेपालको चुनौती पेश गरेका थिए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा नेपालका निशाद जोशीले भारतका सञ्जय गिरिश कुमारलाई ६–२ र ६–१, नेपालका दर्शिल श्रेष्ठले भारतका पुकाजसेभेल प्रकाशलाई ६–० र ६–०, नेपालका बोरिस अधिकारीले भारतका तनिस रेडी भुन्द्यालालाई ६–२ र ६–० तथा नेपालका वृजेश अर्यालले भारतका आदित्य सिंहलाई ६–२ र ६–१ ले पराजित गरे ।
सोही स्पर्धाको अन्य प्रतिस्पर्धामा भारतका पार्थ सानेले नेपालका आद्रित नेपाललाई ६–२, १–६ र ६–१, हङकङका यु हिन वोङले भारतका अविर श्रीवास्तवलाई ६–२ र ६–१ र बंगलादेशका नसफ अहमद नासिर अहमदले नेपालका शास्वत वज्राचार्यलाई ६–० र ६–० ले हराए ।
यस्तै भारतका इशान बडाकीले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–०, भारतका भिभान मिर्धाले यमनका हमुद इयादलाई ७–६ (२), ३–६ र ६–३, हङकङका कि छियोन मोरिस ताङले भारतका किशोर श्रीरामलाई ६–१ र ६–१ तथा भारतका अर्श वाल्केले नेपालका असभसम्राट हाडालाई ६–२ र ६–४ ले हराए ।
नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले क्यानाडाकी सिमोन्टिनी पाललाई ६–१ र ६–२ तथा नेपालकी जेनी खड्काले भारतकी प्रेरणा सन्ट्राललाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाए ।
त्यस्तै माल्दिभ्सकी नबा निशानले क्यानाडाकी नोराह चौधरीलाई ६–२ र ६–२, ओमानकी आइशा अल बुसाइदीले भारतकी मेगालाइ प्रकाशलाई ६–० र ६–१, भारतकी सान्भी रेडी भुन्द्यालाले नेपालकी समृद्धि महर्जनलाई ७–५ र ७–५, भारतकी तनिशा भत्नागरले नेपालकी प्राज्ना मानन्धरलाई ७–६ (४) र ६–४, भारतकी सराह चौधरीले नेपालकी निभा श्रेष्ठलाई ६–० र ६–० तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी शिभाली गुरुङलाई ६–३ र ६–४ को सेटमा पन्छाए ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले निर्णायक प्रवीण नायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]