default_image

2 years ago

December 19, 2022

फादर मोरान स्मृति कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेन्ट जेभियर स्कुल डिओनिया झापा, भक्तपुर निस्ट र नेपाल डन बस्को स्कुल लुभु ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सफलता हात पार्दै सेन्ट जेभियर डिओनिया, भक्तपुर निस्ट र नेपाल डन बस्कोले अन्तिम आठको यात्रा तय गरेका हुन् ।

सोमबार सेन्ट जेभियर डिओनिया झापाले डल्फिन इंग्लिस स्कुललाई ३–० ले पराजित ग¥यो । सेन्ट जेभियर डिओनियाको जितमा आरभ आचार्य, आरोन आचार्य र प्रजय तामाङले गोल गरे । डल्फिनका युकेश तामा प्लेयर अफ दि म्याच घोषित भए । सेन्ट जेभियर डिओनिया समूह ‘बी’ बाट उपविजेता बनेको हो । यो समूहबाट सेन्ट जेभियर जावलाखल समूह विजेता बनेको छ ।

दिनको दोस्रो खेलमा भक्तपुर निस्ट र क्रेसेन्ट एकेडेमीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेपनि समूह ‘सी’ को उपविजेता बन्यो । भक्तपुर निस्टले ३ खेलबाट ४ अंक जोड्यो । क्रेसेन्टले १ अंक जोड्यो । भक्तपुर निस्टका स्यारोन कटुवालले गोल गर्दा क्रेसेन्टका सिदाथै घलेले गोल फर्काए । सिदार्थ नै म्यान अफ दि म्याच घोषित भए ।

अर्काे खेलमा गोदावारी आवासिय स्कुलमाथि ८–० को फराकिलो जित निकाल्दै नेपाल डन बस्को समूह ‘डी’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । नेपाल डन बस्कोको जितमा आयुष तामाङले ह्याट्रिकसहित ४ गोल गरे । सुरेश तामाङले २ तथा रोजक महर्जन र रुप्सन महर्जनले समान एक गोल गरे । नेपाल डन बस्कोले ३ खेलबाट ७ अंक जोड्यो । गोदावारी अंकविहीन हुँदै पुछारमा रह्यो ।

यो सँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलका खेलहरु २१ डिसेम्वरबाट शुरु हुनेछ । क्वाटरफाइनलमा सेन्ट जेभियर जावलाखेल र मोर्डन इन्डियन स्कुल, नेपाल डन बस्को र सेन्ट जेभियर डिओनिया झापा, माया युनिभर्स र भक्तपुर निस्ट तथा लिटिल एन्जल्स र आयोजक सेन्ट जेभियर गोदावारीबीच प्रतिस्पर्धा हुनेछ ।

सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.