2 years ago
December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुर र मोर्डन इन्डियन स्कुल चोभार काठमाडौं २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा आइतबार भएको खेलमा त्रियोग हाई स्कुल धापासीलाई ८–० ले पराजित गर्दै लिटिल एन्जल्स अन्तिम आठमा क्वाटरफाइनलमा पुग्न सफल भयो ।
लिटिल एन्जल्सको जितमा स्मित रावतले ह्याट्रिकसहित ४ गोल गरे । रागव कुमार यादवले दुई गोल गर्दा दुई गोल उपहार पाएको थियो । स्मित रावत खेलको म्यान अफ दि म्याच घोषित भए । यस जितसँगै लिटिल एन्जल्स समूह ‘सी’ बाट ३ खेलमा ९ अंक जोडेर समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
अर्काे खेलमा मोर्डन इन्डियन स्कुलले पुष्पान्जली स्कुल गोदावारीलाई ४–० ले पराजित गरेको छ । मोर्डनको जितमा प्रपन्न अधिकारीले दुई गोल गर्दा दुई गोल उपहार पाएको थियो । प्रपन्न खेलको म्यान अफ दि म्याच घोषित भए । यस जितसँगै मोर्डन समूह ‘डी’ बाट ३ खेलबाट ७ अंक जोडेर क्वाटरफाइनलमा पुगेको छ ।
यस्तै आयोजक सेन्ट जेभियर स्कुल गोदावारीले विद्या संस्कार स्कुललाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियरको जितमा सन्देश टुडुले गोल गर्दा एक गोल उपहार पाएको थियो । सन्देश टुडु खेलको म्यान अफ दि म्याच घोषित भए ।
सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।
समूह ‘ए’ बाट माया युनिभर्स एकेडेमी तनहुँ समूह विजेता र आयोजक सेन्ट जेभियर गोदावारी समुह उपविजेता बनेको छ । यस्तै समूह ‘बी’ बाट सेन्ट जेभियर जावलाखेल यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]