2 years ago
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सोल्टी ११ को आयोजनामा पाचौँ संस्करणको सोल्टी ११ नकआउट खुल्ला फुटसल प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ ।
प्रतियोगिता पुस ९ गते शनिबार गोङ्गबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा हुने आयोजकले जानकारी गराएको छ । सोल्टी ११ ले गुरुङ (तमु) हरुको नयाँ वर्ष अर्थात तमु ल्होछारको पुर्वसन्ध्यामा विगत चार वर्षदेपख यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगिताको विजय टोलीले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताल समान १हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्रले सम्मानित हुनेछन ।
प्रतियोगितामा सहभागिताको लागि ६ हजार रुपैया दर्ता शुल्क तोकिएको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]