2 years ago
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सप्तरी जिल्ला क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजविराजमा संचालित जिल्ला स्तरिय अन्तरविद्यालयक्रिकेट प्रतियोगितामा पिसल्यान्ड र शिब्स स्कुल विजयी भएका छन् ।
शनिवार पविमाविको खेलमैदानमा पहिलो खेलमा टस जितेर पिसल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । पिसल्यान्डका अभिषेक मण्डलले ४२ रन, मनु दास २७, शंभु मण्डल २२ र राहुल मण्डलले ११ रन बनाए ।
म्याक्सेल ईगंलिस बोडिंग स्कुलका प्रताप यादवले सर्वाधिक तीन विकेट लिए । कैलाश शाहले दुई, कमरूद्विन र मनोज यादवले एक एक विकेट लिए ।
जितको लागि १ सय ३६ रनकोा विजयी लक्ष्य पछ्याएको म्याक्सेल स्कुलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रनमा अल आउट भयो । म्याक्सवेलका राहुल यादवले सर्वाधिक २३ रन बनाए ।
मोहम्मद कमरूद्विन १४ र असफक कालमले १८ रन बनाए । पिसल्यान्डका शंभु यादवले सर्वाधिक चार विकेट लिए । मनु दासले दुई, आरयन दास, श्यामबाबु मण्डल,प्रदिप दासले एक एक विकेट लिए ।
त्यस्तै कन्छुनरप्रताप मावि भएको खेलमा रायपुर स्कुलले शिब्सले २५ रनले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको शिब्सले २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।
शिब्सका लागि विशाल यादवले ६४ रनको उत्कृष्ट योगदान दिए । रोहित यादवले ४७ र कृष्ण साहले १६ रन जोडे । रायपुर माबिका शनि चौधरी र अजय अधिकारीले एक एक विकेट लिए ।
जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको रायपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो । अमित चौधरीले सर्वाधिक २२ रन बनाए । सुमन चौधरी १८ र हेमन्त मेहताले १६ रन बनाए । शिब्सका कृष्ण साहले सर्वाधिक चार विकेट लिए ।
सुशान्त देव, बिकास यादव र पंकज रायले एक एक किवेट लिए । आइतबार पहिलो खेल नरेन्द्र मेमोरियल बोरिया र ग्रिन स्कुल राजबिराज तथा दोस्रो खेल लिटिल एन्जेल र लाली गुरास स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० […]