default_image

2 years ago

December 17, 2022

माया युनिभर्सको फराकिलो जित

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माया युनिभर्स एकेडेमी तनहुँले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शनिबार भएको खेलमा माया युनिभर्सले आदर्श विद्या मन्दिरमाथि ११–० को फराकिलो जित निकालेको हो ।

मायाको फराकिलो जितमा इवास विकले ह्याट्रिकसहित ४ गोल गरे । अमिर दुराले २ तथा अंकित अछामी, सफल चेपाङ, विवेक परियार र मन्जिल श्रेष्ठले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

मायाका इवास विक प्लेयर अफ दि म्याच घोषित भए । मायाको यो दोस्रो जित हो । दोस्रो जितसँगै मायाको तीन खेलबाट ७ अंक पुगेको छ । पराजित आदर्शले तीन खेलबाट अंकको खाता खोल्न सकेको छैन ।

अर्काे खेलमा सेन्ट जेभियर स्कुल डिओनिया झापाले विलियम पब्लिक स्कुल सुनाकोठी ललितपुरलाई ४–१ ले पराजित गरेको छ । सेन्ट जेभियरका आरभ आचार्यले ह्याट्रिक पूरा गर्दा स्वरुप पराजुलीले एक गोल थपे ।

विलियमका विशाल ब्लोनले एक गोल फर्काए । सेन्ट जेभियरका आरभ प्लेयर अफ दि म्याच घोषित भए । सेन्ट जेभियर डिओनियाको यो पहिलो जित हो । सेन्ट जेभियर डिओनियाको दुई खेलबाट ४ अंक छ । विलियमको यो लगातार तेस्रो हार हो ।

दिनको पहिलो खेलमा नेपाल डन बस्को स्कुल लुभु ललितपुर र मोर्डन इन्डियन स्कुल चोभारले १–१ गोलको बराबरी खेलेका छन् । डन बस्कोका सुरेश तामाङले गोल गर्दा मोर्डनका प्रपन्न अधिकारीले गोल फर्काए । डन बस्कोका रोजक महर्जन प्लेयर अफ दि म्याच घोषित भए ।

सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.