default_image

2 years ago

December 17, 2022

शिभाली च्याम्पियन

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसंग मिलेर गल्र्स डबल्समा स्वर्ण जितेकी थिइन् ।

ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई शुक्रबार फाइनलमा ५–७, ७–६ (३) र ६–२ ले हराउदै पहिलो स्थान हात पारेका थिए । नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शनिबारै भएको ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भए ।

फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सीधा सेटमा ६–४ र ६–४ ले पाखा लगाए । विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक मालिका बस्नेत राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

छ दिने प्रतियोगितामा २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासंघको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि हुने नेपाल टेनिस संघका कार्यालय सविच प्रवीण देवकोटाले जनाएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.