2 years ago
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन युवा क्लब सिम्ले लमजुङको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।
आयोजक परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले गाँउको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता पुस १० देखि १४ गतेसम्म हुने जानकारी गराएको छ ।
टिम दर्ताको लागि पुस १० गतेसम्मको समयसीमा तोकिएको छ । टिम दर्ताको लागि ५ हजार ५ सय रुपैयाँ र खेलाडी संख्या १० जना हुनुपर्नेछ । सोही दिन नै खेल तालिका सार्वजनिक हुनेछ ।
प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ, आरपी कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचले समान ३ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगिताको सबै खेलहरु परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले गाँउको नव निर्मित खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन दुधपोखरी गाँउपालिकाका अध्यक्ष धन प्रसाद गुरुङले गर्ने क्लबले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]