default_image

2 years ago

December 17, 2022

लमजुङ एफसीलाई फुटसल उपाधि

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३–१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको ढुकुले ३० हजार रुपैया हात पारेको छ । मुस्कान एफसी अनुशाषित टिम बनेको छ ।

विजयी टोली तथा खेलाडीलाई राईनास सेवा समाजका अध्यक्ष विक्रम तामाङ र प्रतियोगिता संयोजक कृष्ण तिवारीलगायतले पुरस्कृत गरे ।

नकआउटको आधारमा भएको एक दिने प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको बलराम गुरुङले जानकारी गराए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.