default_image

2 years ago

December 16, 2022

सेन्ट जेभियर र लिटिल एन्जल्सको फराकिलो जित

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर स्कुल गोदावारी ललितपुर र लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुरले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सेन्ट जेभियरले आदर्श विद्या मन्दिर (एभीएम) लाई ८–० को भारी अन्तरले पराजित गरेको हो ।

सेन्ट जेभियरको जितमा सन्देश टुडुले ह्याट्रिकसहित ७ गोल गरे । सुशान्त पान्डले एक गोल थपे । सन्देश नै खेलको प्लेयर अफ दि म्याच चुनिए ।

दिनको दोस्रो खेलमा सेन्ट जेभियर जावलाखेल र सेन्ट जेभियर स्कुल डिओनिया झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सेन्ट जेभियर स्कुल डिओनिया झापाका आरोन आचार्य प्लेयर अफ दि म्याच घोषित भए ।

दिनको तेस्रो तथा अन्तिम खेलमा लिटिल एन्जल्सले क्रेसेन्ट एकेडेमी गोदावारीलाई ७–० ले पराजित गरेको छ । लिटिल एन्जल्सको जितमा स्मित रावत, आयुषमान थापा र स्वर्णिम घिमिरेले समान दुई तथा रागव कुमार यादवले एक गोल गरे । स्वर्णिम घिमिरे प्लेयर अफ दि म्याच चुनिए ।

सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.