2 years ago
December 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शिभाली गुरुङ र आद्या पौडेल २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७–५ र ६–० तथा आद्याले स्वस्तिाका विष्टलाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गरे ।
ब्वाइज सिंगल्समा नेपालका आयुशमान हजुर घलेले बंगलादेशका मोहम्मद तन्विर मुन तुसारलाई ६–३ र ६–३ तथा भारतका भिभान मिर्धाले भारतका जिबुलाई ६–४ र ६–० को सोझो सेटमा हराए । ब्वाइज डबल्समा हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीले बंगलादेशका मोहम्मद अली होसेन र मोहम्मद तन्विर मुन तुसारको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
गल्र्स डबल्समा नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीले भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भ्युन्द्यालाको जोडीलाई ५–७ र ६–१ (१०–६) ले पन्छ्याउदै फाइनलमा पुगे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]