2 years ago
December 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डन बस्को स्कुल, माया युनिभर्स एकेडेमी र सेन्ट जेभिएर स्कुल २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी भएका छन् ।
सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा डन बस्को लुभु ललितपुरले पुष्पान्जली माध्यमिक विद्यालयलाई ५–० ले पराजित गरेको हो ।
डन बस्कोको जितमा आयुष तामाङले २ तथा, रुप्नस नेपाल, रोजक महर्जन र आयुष सोडारीले समान एक गोल गरे । सुरेश तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।
दिनको दोस्रो खेलमा माया युनिभर्स एकेडेमी तनहुँले विद्या संस्कार स्कुल जोरपाटीलाई २–० ले पराजित गरेको छ । माया युनिभर्सको जितमा दुवै गोल इवास विकले गरे । उनी नै प्लेयर अफ दि म्याच घोषित भए ।
दिनको तेस्रो तथा अन्तिम खेलमा सेन्ट जेभियर स्कुल जावलाखेलले विलियम पब्लिक स्कुल सुनाकोठीलाई ५–० ले पराजित गरेको छ ।
सेन्ट जेभियरको जितमा अस्टिन खनालदे दुई तथा संगित तामाङ, आयाम लम्साल र प्रदयोत पोख्रेलले समान एक गोल गरे । सेन्ट जेभियरका अस्टिन खनाल प्लेयर अफ दि म्याच घोषित भए ।
सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]