2 years ago
December 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आगामी पुष महिनामा काठमाडौंको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।
आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रुपमा संचालन हुंदै आइरहेको सो खेल उत्सब यो वर्ष पुष २ र पुष ९ गते आयोजना हुंदैछ।
प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता छ । प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । त्यसमा नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडिहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रतियोगितामा झन्डै १४ सय साना खेलाडिहरु समावेश हुने जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गरेको बताइन् ।
उनले भनिन् – ‘खेलकुद प्रतिको रुची सानै देखि वढाउने, बच्चाहरुको शारीरिक विकास र सहभागिता नै ठूलो हो भन्ने सन्देश यो १० वर्षको आयोजनामा हामीले दिन सफल भएका छौं ।’
हजार वढीविद्यार्थीहरु एउटै खेल थलोमा प्रतिस्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजक सदस्यहरु बताउछन् । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुंदै आएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]