default_image

2 years ago

December 13, 2022

मोर्डन, विद्या संस्कार र सेन्ट जेभियर विजयी

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोर्डन इन्डियन, विद्या संस्कार र सेन्ट जेभिएर स्कुल २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी भएका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा मोर्डन इन्डियन स्कुल चोभारले गोदावारी आवासिय स्कुल गोदावारीलाई ५–० को भारी अन्तरले पराजित गरेको छ । मोर्डनको जितमा प्रपन्न अधिकारी र आरोस विलास पन्तले समान दुई गोल गरे । जेम्स राउतले एक गोल थपे । मोर्डनकै जोन राउत प्लेयर अफ सद म्याच घोषित भए ।

दिनको दोस्रो खेलमा विद्या संस्कार जोरपाटीले आदर्श विद्या मन्दिर उच्च माध्यमिक स्कुललाई ४–० ले पराजित गरेको छ । विद्या संस्कारको जितमा प्रखर केसी, रोवेन श्रेष्ठ, सुवास तामाङ र श्रीशान्त योगीले समान एक गोल गरे । विद्या संस्कारका सुवास तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।

दिनको तेस्रो तथा अन्तिम खेलमा सेन्ट जेभियर स्कुल जावलाखेलले डल्फिन इंग्लिस माध्यमिक विद्यालयलाई ६–१ ले पराजित गरेको छ । सेन्ट जेभियरको जितमा अस्टिन खनाल एक्लैले ४ गोल गरे । संगित तामाङ र प्रदयोत पोख्रेलले समान एक गोल गरे । डल्फिनका उत्सव सिलवालले एक गोल फर्काए । सेन्ट जेभियरका अस्टिन खनाल प्लेयर अफ दि म्याच घोषित भए ।

सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.