default_image

2 years ago

December 12, 2022

सुभाष र सद्भावले अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फर सुभाष तामाङ र सद्भाव आचार्यले भारतको १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् ।

नेपाल गल्फ संघले सुभाष र सद्भावले मंगलबारदेखि शुरु हुने १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने जनाएको छ ।

अल इन्डिया एमेच्योर च्याम्पियनसिप मुम्बईस्थित बम्बे प्रेसिडेन्सी गल्फ क्लबमा मंगलबारदेखि शुरु हुँदैछ । च्याम्पियनसिपका लागि सुभाष र सद्भाव त्यहाँ पुगिसकेका छन् ।

यो भारतको सबैभन्दा प्रतिष्ठित र ठुलो एमेच्योर गल्फ प्रतियोगिता हो । प्रतियोगिताको सुरुआतमा ३६ होलको स्ट्रोक प्ले हुनेछ । शीर्ष ३२ ले म्याच प्लेमा स्थान बनाउने छन् । जुन बिहीबारदेखि सुरु हुनेछ ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.