default_image

2 years ago

December 12, 2022

लिटिल एन्जल्स र त्रियोगको विजयी सुरुवात

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल हात्तीवन र त्रियोग स्कुल धापासीले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालयस्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा सोमबार देखि शुरु भएको खेलमा लिटिल एन्जल्सले भक्तपुर निस्टमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

लिटिल एन्जल्सको जितमा आयुष मान थापा र स्मित रावतले समान दुई तथा अर्नव राईले एक गोल गरे । भक्तपुरका सेरोन कटवाल र सिमित गौतमले गोल फर्काए । लिटिल एन्जल्सका स्मित रावत प्लेयर अफ दि म्याच घोषित भए ।

अर्काे खेलमा त्रियोग स्कुलले क्रेसेन्ट एकेडेमी गोदावारीमाथि १–० को जित निकाल्यो । त्रियोगको जितमा डेनिज थापाले गोल गरे । उनी नै प्लेयर अफ दि म्याच चुनिए ।

अर्काे खेलमा आयोजक सेन्ट जेभियर स्कुल गोदावारी र माया युनिभर्स एकेडेमी तनहुँले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सेन्ट जेभियरका गोलरक्षक थाङसाङ सावा प्लेयर अफ दि म्याच घोषित भए ।

सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्वरसम्म चल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.