2 years ago
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बोरिस अधिकारी र आयुषमान हजुर घलेले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।
पहिलो दिन ब्वाइज सिंगल्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुषमानले जित हात पारेका हुन् ।सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६–० र ६–० तथा आयुषमानले भारतकै पार्थ सानेलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
मन जय टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समै हङकङका कि छियोङ मोरिस हाङले नेपालका वृजेश अर्याललाई ६–२ र ६–३, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका अबिर श्रीवास्तवलाई ६–१ र ६–४, भारतका आदित्य सिंहले नेपालका आसभसम्राट हाडालाई ६–३ र ६–१ ले हराए ।
भारतका भिभान मिर्धाले नेपालका निशाद जोशीलाई ६–० र ६–०, बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले भारतका सञ्जय गिरिस गुप्तालाई ६–३ र ६–३, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६–१ र ६–०, यमनका हमुद इयादले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–१ तथा हङकङका यु हिन वोङले भारतका तनिश रेड्डी भुन्द्यालालाई ६–० र ६–१ को सोझो सेटमा हराउदै पहिलो चरण पार गरे ।
एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्समा बंगलादेशकी तायेबा खानोमले भारतकी मेगाली प्रकाशलाई सीधा सेटमा ६–० र ६–१ ले पन्छाइन् । प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
विभिन्न १४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ब्वाइज-गल्र्स सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जानकारी गराइन् ।
एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]