2 years ago
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ ।
प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो । एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, क्यानाडा, यमन, ओमन, अमेरिका, वेल्जियम, दक्षिण कोरिया, हङकङ र इरानको सहभागिता रहने प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जनाएकी छन् ।
दुवै सर्किटमा १४ राष्ट्रबाट ५० ब्वाइज र ४४ गल्र्स खेलाडी सहभागी हुने छन् । सिंगल्समा शीर्ष ३१ स्थानमा रहने खेलाडीले बढीमा २ सय र कम्तीमा १ अंक प्राप्त गर्ने छन् ।
डबल्समा खलाडीले सिंगल्समा प्राप्त गरेको जम्मा अंकको २५ प्रतिशत अंक मात्र पाउने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]