2 years ago
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुषतर्फ तथा युएई महिलामा च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउदै पहिलो भयो ।
ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता ग¥यो ।
महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले समाप्त पा¥यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]