default_image

2 years ago

December 10, 2022

नेपालका ६ खेलाडीले एसियन च्याम्पियनसिपको छनोट खेल्ने

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ६ खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी दक्षिण एसियाली क्षेत्रीय च्याम्पियसिपको छनोटमा शीर्ष १६ मा रहँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् ।

पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए ।

महिलातर्फ नेपाल वरियता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए ।

शुक्रबार भएको समूह चरणमा विजयी हुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका हुन् ।

अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६औं वरियतामा रहन सफल भए ।

पुरुषतर्फ पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका समान दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भएका छन् । पुरुषतर्फ पाकिस्तानका हसिव खवाजा, मोहम्मद शाह खान, फहाद खवाज र फइजान जाहूर छनोट भए ।

भारतका सनिल शंकर सेटी र हर्मित राजुल डेसाइ छनोट हुँदा श्रीलंकाका प्रसाद जयशंका डी सिल्भा र भुवनेका निर्मला बन्दरा जयासिंघे भएका छन् । यसैगरी बंगलादेशका रामहिमलिआन बाव र नाफिज इक्वाल तथा माल्दिभ्सका मूसा मुन्सिफ अमहेन छनोट भए ।

महिलातर्फ शीर्ष वरियतामा भारत र श्रीलंकाका समान पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् ।

भारतकी मनिका बट्रा, श्रीजा अकुला, रीथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ र दिया पाराङ चितल छनोट भए । यसैगरी श्रीलंकाबाट विमन्दी सन्दिन्सा स्वा, मनिशा शालिन्दी, तामादी काभिन्ध्या, कसुनी हिमाय पितिगला, ओनेली लेहान्सा डोना छनोट भएका छन् । पाकिस्तानकी हूर फवाद, पेनिया जहान खान र हाइक्वा हसन गरी तीन खेलाडी छनोट भए ।

यस्तै, माल्दिभ्सकी फाथिमथ धिमा अलि, बंगलादेशकी आइशे रोहमन र नेपालकी नविता छनोट हुन सफल भइन् । एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।

April 26, 2025

अस्ट्रेलियामा प्रतिभा र सरस्वतीको टोलीबीच च्यारिटी खेल हुने

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]

April 24, 2025

आयोजक चन्द्रगढी भेट्रान फुटबलको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे‌। सन्तोष बस्नेतले […]

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]

Success

Thank you for your time.