2 years ago
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित ग¥यो ।
नेक्ससका अंकित आले मगरले २ तथा राज मगर र अनिश थापा मगरले १–१ गोल गरे । उपाधिसंगै नेक्ससले ५० हजार तथा बेस्ट ग्रुपले २५ हजार नगद पुरस्कार पाए ।
नेक्ससका अंकित आले मगर उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा लाइसियम प्याराडाइस एकेडेमीका प्रदिप बोहरा, डिफेन्समा नेक्ससका एकराज विक, मिडफिल्डमा बेस्ट ग्रुपका निश्चल बमजन र स्ट्राइकरमा नेक्ससका अनिश थापा मगर उत्कृष्ट चुनिए । नेक्ससका राजेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक ठहरिए । ग्लेडस्टोन अनुशासित टिम बन्यो ।
विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेक्ससका संस्थापक प्रिन्सिपल आरबी कट्वाल, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मंसिर ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् । प्रतियोगिता नेक्सससहित संकटा युथ क्लबको संयुक्त आयोजनामा भएको हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]