default_image

2 years ago

December 10, 2022

टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काठमाडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । धनगढीले १ स्वर्ण प्राप्त ग¥यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका विजय थापा तथा महिलामा काठमाडौंकै सुस्मिता दनुवार राई उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषको ३०.५–३५ केजीमा काठमाडौंका लोकेन्द्र तामाङ, ३५.५–४० केजीमा सर्लाहीका कृषण पण्डित, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ४५.५–५० केजीमा काठमाडौंका विजय थापा, ५०.५–५५ केजीमा काठमाडौंका सुनिल विष्ट र ५५.५–६० केजीमा काठमाडौंका सुमन तामाङले स्वर्ण जिते ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला ५० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार तथा ५० केजीमाथि सर्लाहीकी चान्द यादवले पहिलो स्थान हात पारे । पदक विजेता र उत्कृष्ट सबै खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई टाखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापा, जितकुन्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्युन मार्सिलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषमा १ सय १० र महिलामा ४० गरी १ सय ५० खेलाडी सहभागी थिए । पुरुषमा ६ तथा महिलामा २ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताअघि संघको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जितकुन्डो सेमिनार आयोजना गरिएको थियो । राखेपमै भएको दुईदिने सेमिनारमा नेपाल, भारत, बंगलादेश र श्रीलंका सहभागी थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.