2 years ago
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ ।
प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो ।
एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, क्यानाडा, यमन, ओमन, अमेरिका, वेल्जियम, दक्षिण कोरिया, हङकङ र इरानको सहभागिता रहने प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जनाएकी छन् । दुवै सर्किटमा १४ राष्ट्रबाट ५० ब्वाइज र ४४ गल्र्स खेलाडी सहभागी हुने छन् ।
सिंगल्समा शीर्ष ३१ स्थानमा रहने खेलाडीले बढीमा २ सय र कम्तीमा १ अंक प्राप्त गर्ने छन् । डबल्समा खलाडीले सिंगल्समा प्राप्त गरेको जम्मा अंकको २५ प्रतिशत अंक मात्र पाउने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुनेछ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]