2 years ago
December 10, 2022
काभ्रे (हाम्रो खेलकुद) – बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्वर ४ को भूमिमाता युवा क्लबले चुमेको छ ।
प्रतियोगितामा वडा नम्वर ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो । वडा नम्वर ६ को स्टार युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
वडा नम्वर ४ को चलाल गणेशस्थानमा शनिबार भएको फाइनलको निर्धारित समयमा २–२ गोलको बराबरीपछि थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि प्रतियोगिता ट्राइब्रेकर तर्फ धकेलिएको थियो । त्यसमा भुमेमाताले जित हासिल गरेको हो ।
चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ मा पहिलो हुने भुमेमाताले ६० हजार रुपैया, प्रमाण पत्र र ट्रफी हात पारेको छ । दोश्रो भएको गणेशस्थान युवा क्लबले ३० हजार, प्रमाण पत्र र ट्रफी तथा तेश्रो भएको स्टार युवा क्लबले १५ हजार रुपैया हात पारेको छ ।
प्रतियोगितामा भूमे माताका सुन्दर तामाङ उत्कृष्ट खेलाडी घोषित भए । भुमेमातार्क प्रकाश तामाङ उत्कृष्ट स्ट्राइकर, गणेशस्थान युवा क्लका सुवास तामाङ उत्कृष्ट गोलरक्षक र गणेशस्थान युवा क्लबका सौभाग्य लामा उच्च गोलकर्ता भए ।
प्रतियोगितामा ‘गेम विनिङ मोमेन्ट’ सिर्जना गर्ने खेलाडीलाई इन्जिनियर अनिष ब्लोनले ५ हजार प्रदान गरे । विजयी टोली तथा खेलाडीलाई बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका उपाध्यक्ष भोज बहादुर तिमल्सिनालगायतले पुरस्कृत गरे ।
प्रतियोगिता सम्पन्न पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने करिब १८ जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो । वडा नम्वर १ का अध्यक्ष मधुसुधन तिमल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल तथा ५ का अध्यक्ष राजकुमार लामाको पनि उपस्थिति रहेको थियो । २० मंसिरदेखि शुरु भएको प्रतियोगितामा विभिन्न १६ टोलीको सहभागिता रहेको थियो ।
अध्यक्ष अधिकारीले बेथानचोक गाउँपालिकाले खेलकुदको विकासमा ध्यान दिएको बताउँदै समय समयमा यस्ता प्रतियोगिता गर्दै जाने बताए । खेलले शरीर र मन दुवै स्वस्थ रहने बताउँदै उनले खेलकुदले एकाग्रता, अनुशासनको भाव बनाउने त छँदैछ यसका अलावा खेलकुदले आपसी सदभाव र भाइचारा वृद्धि हुने पनि बताए । वडा स्तरबाटै खेलकुद विकासका लागि र युवाहरुमा खेलभावना वृद्धि गर्न यस्ता प्रतियोगिताले भुमिका खेल्ने बताए ।
नयाँ प्रतिभा जन्मिने र खेलकुदको विकाससँगै यसका पूर्वाधार विकासका लागि पनि आफूहरु जिम्मेवार भएर लागि पर्ने उनले थपे । खेलकुदका पूर्वाधार विकास गर्न सके कृषि र पर्यटनसँगै खेलकुदबाट पनि बेथानचोकले केही गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । खेलकुद मनोरञ्जनका लागि मात्र नभएर राष्ट्रको आधार पनि भएकोले खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राख्नेमा उनले जोड दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]