default_image

2 years ago

December 9, 2022

संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता जनाउने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह शीर्ष स्थानमा रहँदै चार खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाएका हुन् ।

संयोग कपालीले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मूसा मुन्सिफ अहमेदलाई ३–१ को सेटमा पराजित गर्न सफल भए । पहिलो खेलमा संयोगले बंगलादेशका मोहम्मद नाफिज इक्वाललाई सोझो सेटमा पराजित गरेका थिए । समूह ‘डी’ मा संयोग चार अंक सहित शीर्षस्थानमा रहे ।

रुविन महर्जनले आफ्नो दोस्रो खेलमा पाकिस्तानका मुहम्मद शाह खानलाई ३–१ को सेटमा पराजित गरे । समूह ‘सी’ को पहिलो खेलमा रुविनले श्रीलंकाका भुवनेका निर्मल बान्देरा जयासिंघीलाई सोझो सेटमा पराजित गरेका थिए ।

दुई खेलमा जित निकाल्दै समूह ‘एफ’ बाट बिनेश खनिया छनोट भएका छन् । शीर्षस्थानमा रहने क्रममा बिनेशले बंगलादेशका फहाद खवाजा र रामहिमलियनलाई पराजित गरेका थिए ।

आज नै भएको खेलमा शिव शुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राखेका छन् । समूह ‘ए’ मा शिवको दुई अंक छ । यसैगरी समूह ‘इ’ मा रहेका प्रदीप रोका श्रीलंकाका प्रसाद जयशंका डि सिल्भासँग पराजित भएपनि सम्भावना कायम राखेका छन् ।

महिलातर्फ शुक्रबार नै भएको समूह ‘एच’ को खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई ३–१ को सेटमा पराजित गरिन् । लगातार दुई सेट ११–९, ११–६ ले जितेकी नविता तेस्रो सेट ४–११ ले गुमाएकी थिइन् । तेस्रो सटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११–७ ले जितेकी हुन् ।

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनिन् । अब, एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागी हुन पाउने छिन् ।

समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहिन् । यस अघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरेकी थिइन् । सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र १२–१० ले जित हासिल गरेकी हुन् ।

यसैगरी महिलातर्फकै खेलमा समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रीथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘इ’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट भएकी छिन् ।

आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ । वरियता ९ देखि १६ सम्मको बाँकी छनोट खेल भोलि हुनेछन् । यस बरियतामा नेपालका खेलाडी स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ बरियतासम्म प्रतिस्पर्धा गर्ने छन् ।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन् । नेपालबाट भने पाँच–पाँच खेलाडी छनोटमा सहभागी भएका छन् ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.