2 years ago
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी पब्लिक बोर्डिङ स्कुल र शुभकामनाले टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् । दुवैले दोहोरो जित निकाले ।
मैपीस्थित घरेलु कोर्टमा गण्डकीले इमेजलाई १९–५ र महर्षीलाई १३–१२ तथा शुभकामनाले ल्यान्डमार्कलाई २२–५ र संस्कृतिलाई १७–१४ ले पराजित गरे ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगितामा तेजस्वी र नवोदितले पनि दोहोरो जित आत्मासात् गरे । तेजस्वीले सुप्रिमलाई ८–२ तथा निम्बललाई ९–३ ले हरायो ।
नवोदितले स्वेता सदनमाथि ३३–२८ तथा संस्कृतिमाथि २१–१० को जित रच्यो । अन्य खेलमा ह्वाइट हेभनले लर्निङ जोनलाई २१–१८, लालीगुराँसले लिटिल ब्लोसमलाई ३१–११, महर्षीले इडिफाइलाई १२–६ र बेलमोन्टले निम्बलाई ८–२ ले पाखा लगाए ।
त्यस्तै लर्निङ जोनले लिटिल ब्लोसमलाई ९–५ र स्वेता सदनले ल्यान्डमार्कलाई २९–१५ ले पन्छाए । प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
तीनदिने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको टप्सका अध्यक्ष आरसी भट्टले जनाएका छन् ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]