2 years ago
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरे ।
महिला ५० केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवार र सर्लाहीकी साँझ यादव फाइनलमा पुगे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा केन्द्रीय डोजाङका विजय थापा र काठमाडौंका प्रदीप बलामी मगर, ५०.५–५५ केजीमा काठमाडौंका मिलन राई र केन्द्रीयका सुनिल विष्ट तथा ५५.५–६० केजीमा केन्द्रीयका सुमन तामाङ र काठमाडौंका डिकेश श्रेष्ठले फाइनलमा स्थान सुरक्षित गरे ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको पुरुष ३५.५–४० केजीमा सर्लाहीका सुमित विक र सर्लाहीका कृष्ण पण्डित, ३०.५–३५ केजीमा केन्द्रीयका लोकेन्द्र तामाङ र सर्लाहीका जोनबहादुर लुङ्गेली तथा ४०.५–४५ केजीमा केन्द्रीयका नितेश श्रेष्ठ र सर्लाहीका नितेश कठायतले फाइनल यात्रा तय गरे ।
प्रतियोगिताको टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ६ र महिलामा २ गरी ८ स्पर्धामा ९० खेलाडीको सहभागिता रहेको आयोजक जित कुण्डोका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]