2 years ago
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सृजना घिसिङले विश्व पारा तेक्वान्दोको ग्राण्ड प्रिक्स (जी१०) मा ऐतिहासिक स्वर्ण जितेकी छन् । याे नेपाली पारा तेक्वान्दोकाे इतिहासमा ग्राण्ड प्रिक्समा पहिलाे ऐतिहासिक हाे ।
साउदी अरेबियाको रियादमा बिहीबार राति भएको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी टर्कीकी क्याभडर मेरयेम बेटुललाई १२–० अंकका आधारमा पराजित गर्दै ऐतिहासिक स्वर्ण जितेकी हुन् । उनले पारा तेक्वान्दो के ४४ विधाअन्तर्गत ५२ केजीमूनिको तौल समूहमा यो उपलब्धि हासिल गरेकी हुन् ।
सृजनाले क्वाटरफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेकी मेक्सिकोकी जेसिका क्वीजानोलाई ८–७ अंकका आधारमा तथा सेमिफाइनलमा तेस्रो वरीयताकी ब्राजिली खेलाडी क्रिष्टियन नासिमेन्तोलाई १५–१३ अंकका आधारमा हराएर फाइनलमा पुगेकी थिइन् ।
नेपाली पारा तेक्वान्दोले पहिलोपटक ग्राण्ड प्रिक्समा फाइनल खेलेको हो । नेपालबाट सृजनासँगै ओलम्पियन पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गरेका थिए । के ४४ कै ५७ केजीमूनि तौल समूहकाे क्वाटरफाइनलमा पलेशा इरानकी इव्राहिमी रोजासँग ८–२ अंकका आधारमा पराजित भइन् ।
यो ऐतिहासिक स्वर्णसँगै सृजना पारा तेक्वान्दोको आफ्नो तौल समूहमा सातौ वरियतामा उक्लनेछिन् । यसअघि उनी १४औं स्थानमा थिइन् । सृजनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत जितेकी थिइन् । यस स्वर्ण जितेसँगै सिर्जनाले १ सय अंक बटुलिन् । उनको अब ११२ अंक पुगेको छ ।
पेरिस पारा ओलम्पिक २०२४ का लागि र्याङकिङ प्रतियोगिता समेत भएकाले प्रतियोगिता महत्वपूर्ण थियाे । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् ।
विश्व वरीयतामा पलेशा १०औं र सिर्जना १४औं स्थानमा छन् । आफ्नो तौल समूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सिधै खेल्न पाउने प्रावधान रहेको छ । प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]