default_image

2 years ago

December 8, 2022

नविता, संयोग र विनेशको विजयी सुरुवात

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपालकी नविता श्रेष्ठले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा बिहीबार जित हात पारेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११–३, ११–९ र १२–१० को सोझो सेटमा पराजित गरिन् । सोही समूहको अर्को खेलमा भने तमादले बंगलादेशकी कोइ कोइ साइ मामालाई सीधा सेटमा ११–५, १३–११ र ११–९ ले हराइन् ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला सिंगल्सको समूह ‘इ’ मा पाकिस्तानकी हुर फवादले नेपालकी सिक्का सुवाल श्रेष्ठलाई ३–० तथा भारतकी दिया पराग चितालेले सिक्कालाई ३–० कै सोझो सेटमा हराए ।

समूह ‘जि’ मा नेपालकी एलिना महर्जन श्रीलंकाकी मनीषा र माल्दिभ्सकी फथिमाथसंग समान ३–० को नतिजामा पराजित भइन् । समूह ‘डि’ मा नेपालकी रविना महर्जन श्रीलंकाकी कासुनीसंग ३–१ तथा भारतकी अर्चनासंग ३–० ले चुकिन् । समूह ‘सी’ मा भारतकी रिथले नेपालकी इभाना थापालाई ३–० ले पाखा लगाइन् ।

पुरुष सिंगल्सको समूह ‘ए’ मा भारतका सनिलले नेपालका शिव सुन्दर गोथेलाई ३–०, समूह ‘डि’ मा नेपालका संयोग कपालीले बंगलादेशका नफिज इक्बाललाई ३–०, समूह ‘इ’ मा पाकिस्तानका फैजान जाहुरले नेपालका प्रदीप रोकालाई ३–२ र समूह ‘एफ’ मा नेपालका विनेश खनियाँले बंगलादेशका फहाद ख्वाजालाई ३–२ ले हराए ।

प्रतियोगिताको पुरुषमा १८ तथा महिलामा २४ खेलाडी सहभागी छन् । नेपालबाट ५–५ पुरुष-महिला, भारतबाट २ पुरुष ५ महिला, पाकिस्तानबाट ४ पुरुष ३ महिला, बंगलादेशबाट ४ पुरुष५ महिला, श्रीलंकाबाट २ पुरुष ५ महिला तथा माल्दिभ्सबाट १–१ पुरुष महिला सहभागी छन् । भुटान सहभागी भएन । समान १६–१६ पुरुष-महिला खेलाडी अर्को चरणलाई छनोट हुने छन् ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.