2 years ago
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् ।
दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।
एसिया रग्बीका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव एवं प्रवक्ता गोविन्द घिमिरेलगायतले अध्यक्ष धलाईलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।
सो अवसरमा अध्यक्ष धलाइले यु–१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिदै प्रतियोगिता सफल हुने विश्वास ब्यक्त गरे ।
उनले नेपाल एसिया रग्बीको सक्रिय संघ मध्ये एक भएको बताउदै नेपाल लुम्बिनी, सगरमाथाको देश भएको हुँदा आउदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]