default_image

2 years ago

December 8, 2022

टोखा मेयर कप जितकुण्डो भोलिदेखि

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ ।

पुरुषमा ८ र महिलामा २ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धाका पदक विजेतालाई नगदबाट पुरस्कृत गरिने छ । टोखा नगरपालिकाको मुख्य प्रायोजनामा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको सातौं जित कुण्डो सेमिनार बिहीबार सम्पन्न भएको छ । राखेप हातामै भएको दुईदिने सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरेका थिए । उनलाई आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.