2 years ago
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत अपाङ्गता भएका गरिब तथा असहाय बालबालिकाको उपचारमा पु¥याएको योगदान र हालै ‘टीकेएस’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा वरिष्ठ चिकित्सक बाँस्कोटालाई सम्मान गरेको बताए ।
पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताए ।
सम्मानित भएपछि वरिष्ठ चिकित्सक बाँस्कोटाले घुम्ती शिविरमार्फत देशका दूरदराजका अपाङ्गता भएका बालबालिकाको खोजी गरी केन्द्रमा ल्याएर उपचार गर्दै आएको बताए ।
उनले आफूले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा अखिल नेपाल खेलकुद संघलाई धन्यबाद दिए । बाँस्कोटाले यसअघि पनि विभिन्न अन्तर्राीष्ट्रय अवार्ड पाएका छन् ।
उनले सन् २०१३ मा बेलायतको ‘स्टार्स फाउन्डेसन अवार्ड’, सन् २०१६ मा अमेरिकाको ‘वल्र्ड अफ चिल्ड्रेन अल्मुमिनी अवार्ड’ र सन् २०२१ मा अमेरिकाकै ‘वल्र्ड अफ चिल्ड्रेन अवार्ड’ पाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]