2 years ago
December 7, 2022
पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, अन्नपूर्ण भलिबल संघ र ठकुरी समाज रहेका छन् । समूह ‘बी’ मा एपीएफ मालेपाटन, मट्टिखान र विन्देश्वरी टाँठी छन् । लिग कम नकआउटपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
यस्तै महिलातर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, लामाचौर रातो र शान्त मावि रहेका छन् । समूह ‘बी’ मा लामाचौर सेतो, अर्चलबोट र स्पोर्ट्स हब नेपाल रहेका छन् । महिला तर्फ पनि लिग कम नकआउटपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिता बिहीबारदेखि शुरु भएर २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुनेछ । पुरुषतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिलातर्फ विजेताले ४४ हजार ४ सय रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्् । दोस्रो हुनेले ३० हजार ३० रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]